Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको महागढीमाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी आन्दोलनको तयारीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २८ चैत । बाराको महागढीमाई नगरपालिकामा विगत दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुंदा कार्यालयको कामकाज प्रभावित भएको छ ।

दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुंदा कार्यालय खुलेपनि कामकाज गर्न नसक्दा सेवाग्राहीले दुव्र्यवहार गरेको भन्दै जनप्रतिनिधी र कर्मचारीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

महागढीमाई नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत दुई महिनादेखि प्रमुख प्रशासाकिय अधिकृत नपठाउँदा सेवा प्रवाहमा समस्या भएकोले उनिहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

मेयर उपेन्द्र प्रसाद यादवले भने,‘ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन भएको दुई महिना हुनलाग्यो , सेवाग्राही आउछन् तर काम हुन सक्दैन अनि कर्मचारी र हामीलाई गाली दिन्छन्, हप्कीदप्की दिएर जान्छन्, त्यसकारण कार्यालयनै बन्द गरेर हामी आन्दोलनमा उत्रिने तयारीमा छौं ।

नगरपालिका कार्यालयका कर्मचारीहरुले सोमबारदेखि पेन डाउन गरेर सांकेतिक आन्दोलनको सुरुवात गरिसकेको पनि मेयर यादवले बताए ।

महागढीमाई नगरपालिकामा यसअघि कार्यरत प्रमुख प्रशासकिय अधिकृत महम्मद शेरे मुस्तफाको गत फागुन ८ गते मन्त्रालयले पर्साको बहुदरमाई नगरपालिकामा सरुवा गरेको थियो । त्यसयता अहिले महागढीमाई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको मेयर यादवले बताए ।

मेयर यादवका अनुसार , यसअघिका प्रमुख प्रशासकिय अधिकृत मुस्तफाको सरुवा भएपछि मन्त्रालयले चांडै अर्को प्रमुख प्रशासकिय अधिकृत पठाईदिने आश्वासन मात्रै दिंदै आएको छ ।मेयर यादवले भने,‘ मन्त्रालयले आश्वासन दिएको एक हप्ता बितेपछि मन्त्रालयमै पुगेर मैले मन्त्री अमनलाल मोदी ज्यु र सचिव कृष्णहरी पुष्कर ज्युसंग पटक पटक भेटेर आग्रह गरे , तर अहिले सम्म कुनै सुनुवाई भएको छैन ।

यहि चैत १५ गते मन्त्रालयले महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञवालीलाई खटाएको पत्र पठाएको थियो । तर मधेसमा नजाने भन्दै ज्ञवाली मन्त्रालयमा गएर हाजीर भएको मेयर यादवले बताए ।

उनले भने,‘ कार्यालयमा दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुंदा आर्थिक , प्रशासनिक काम देखि विकास निर्माणका काम समेत ठप्प छन् , नगरपालिकाका कर्मचारीहरुले माघ यताको तलब खान पाएका छैनन् ।

कार्यालयमा विभिन्न सेवाका लागि आउने सेवाग्राहीको काम हुन नसक्दा कर्मचारी र जनप्रतिनिधीहरुले गालीगलौज र दुव्र्यवहार सहनु परिरहेको दुखेसो पनि उनले सुनाए ।प्रमुख प्रशासकिय अधिकृत बिहिन हुदाँ कार्यालय खुलेपनि जनप्रतिनिधी र कर्मचारीहरु कामबिहिन भएर दुइ महिनादेखि बसिरहेको उनले बताए ।

अबपनि मन्त्रालयले अधिकृत पठाउन ढिला गरेमा मन्त्रालयकै विरुद्ध जनप्रतिनिधी र कर्मचारीहरु आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए । यादवले भने ,‘ अधिकृत नहुदाँ आर्थिक , प्रशासनिक काम नै ठप्प छ , आपतकालिन अवस्थामा वारुण यन्त्र र एम्बुलेन्समा तेल हाल्न समेत समस्या भइरहेको छ , सेवाग्राहीको हप्कीदप्की र गालीगलौज सहनु भन्दा नगरपालिका कार्यालय नै बन्द गरेर हामी मन्त्रालयविरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प छैन अब । साभार : मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद