काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल बैंकको ब्याजदर बढी भएकाले लगानीको वातावरण बिग्रिएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै उनले अब मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला समेत भएको धारणा राखे।
‘अहिले अवस्था राम्रो हुँदैछ, रेमिट्यान्स पनि बढेको छ। तर बजारमा मन्दीको अवस्था भने कायमै छ। कोभिड-१९ पछि अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले यस्तो भएको हो।’ अर्थमन्त्री महतले भने।
उनले अब राष्ट्र बैंकको नीति परिवर्तन गर्न तथा निक्षेप र कर्जाको ब्याजदर घटाउन छलफलमा भइरहेको समेत बताए। साथै महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि सरकारले तयारी थालेको उल्लेख गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस