Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा पनि ठगी, ६ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीका अनुसार पक्राउ परेकाहरुमा सर्लाही लालबन्दी–८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले छन् । उनीहरुका साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्ममिति, विवाहदर्ता र मृत्युदर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ । पक्राउ परेकाहरुले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै केही कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको र त्यसबापत उनीहरुले प्रतिमृतक सात लाखसम्म ठगी गरेको खुलेको एसएसपी केसीले दाबी गरे। यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरुको खोजतलास थालेको थियो ।

वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख बीमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त रु सात लाख पनि पाउने व्यवस्था छ । उनीहरुले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद