Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरले छुट्यायो गुठीको थप १५ विघा जग्गा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २४ चैत । वीरगंज महानगरपालिकाले गुठी संस्थानको अतिक्रमित जग्गामध्ये शुक्रबार थप १५ विघाभन्दा बढी जग्गा छुट्याएर किलाखुटी गाडेको छ ।

गुठी संस्थानको जग्गा खोज्ने अभियान अन्तर्गत शुक्रबार तेस्रो दिन १५ बिघा ४ कट्ठा १० धुर जग्गा सीमांकन गरेर किलाखुटी गाडेको हो ।

महानगरसँगै जोडिएको पर्सागढी नगरपालिका–४ को भेडाहा टोल र सबैया टांडीमा उक्त जग्गा नापजाँच गरेर सीमाङ्कन गरिएको गुठी संस्थान कार्यालय, पर्साका प्रमुख चुडामणि घिमिरेले बताउनु भयो ।

बुधबारदेखि सुरु भएको अभियानको तेस्रो दिनसम्ममा ३६ विघा १० कट्ठा १० धुर जग्गा छुट्याएर किलाखुटी गाड्न सफल भएको उहाँले जानकारी दिनु भयो ।

शुक्रबार सीमांकन गरिएको जग्गामा करिब ६० परिवारले पक्कि तथा टहरा बनाएर बसोबास गरिरहेका छन् ।

जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा पुगेको थियो । संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगञ्ज महानगरपालिकाले प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम गरेको हो ।

जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसहित महानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद