Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छ : उद्योगमन्त्री रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, चैत २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन सङ्घ नेपालको प्रारम्भिक साधारण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले अझै पनि विज्ञापन व्यवसायीहरूको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरूको दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो ।

मन्त्री रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताउनुभयो । उहाँले सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने धारणा राख्नुभयो ।मन्त्री रिजालले विज्ञापनको धेरै क्षेत्र विज्ञापन सङ्घको दायराभन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गर्नुभयो ।

‘‘विज्ञापन व्यवसायीहरूको ठूलो भूमिका छ । विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न सरकारले राष्ट्रिय नीति ल्याउँदैछ । विज्ञापन क्षेत्रको दायरा बढाउँदै जानुहोला । सरकारको राष्ट्रिय नीतिले पनि विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउने विषय समेट्नेछ । विज्ञापनको धेरै क्षेत्र विज्ञापन सङ्घको दायराभन्दा बाहिर हरेको छ ।,’’ मन्त्री रिजालले भन्नुभयो, ‘‘नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरू बेच्ने गरेका छन् तर विज्ञापन दिने सम्भव हुन सकेको छैन । त्यसलाई पनि कानुनी दायरामा ल्याएर आवश्यक छ । विज्ञापन व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि सहयोग गर्न तयार रहेको छ । गठबन्धनको सरकार रहेको भन्दै सरकारले सहयोग गर्न तयार छ ।’’

मन्त्री रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरू बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताउनु भयो । उहाँले त्यसलाई पनि कानुनी दायरामा ल्याएर आवश्यक रहेको बताउनुभयो ।

उहाँले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरूको सल्लाह सुझावको माग समेत गर्नुभयो । मन्त्री रिजालले विज्ञापन व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद