Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानरको प्रयासमा गुठी संस्थानको ९ विघा १३ कट्ठा जग्गाको सीमांकन छुट्याइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २३,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज आसपासमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा खोज्ने अभियान आज पनि जारी रहेको छ ।

बुधबारदेखि सुरु भएको अभियान बिहीबार दोस्रो दिन पनि जारी रहेको हो । अभियान अन्तर्गत बिहीबार ९ विघा १३ कट्टा अतिक्रमणमा परेको जग्गा नापजाँच गरेर छुट्याइएको छ ।

वीरगञ्ज महानगरपालिकासंगै जोडिएको पर्सागढी नगरपालिका वडा नम्वर ४ भेडाहा टोलमा ९ विघा १३ कट्ठा जग्गा नापजाँच गरेर सीमांकन गरिएको गुठी संस्थान कार्यालय पर्साका प्रमुख चुडामणी घिमिरेले जानकारी दिनुभयो ।

टोलीले बुधबार ११ विघा १३ कट्ठा नापजाँच गरेर सीमांकन गरेको थियो ।

बिहीबार सीमांकन गरिएको जग्गामा एउटा बस्ती नै बसेको छ । यहाँ झण्डै २ सय भन्दा बढी घर टहरा रहेको भेटिएको छ ।

जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा पुगेको थियो । संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगञ्ज महानगरपालिकाले प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम गरेको हो ।

महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान नै चलाएको बेला गुठी संस्थानले पनि आफ्नो जग्गा खोजी गरिदिन आग्रह गरेपछि महानगरले वीरगञ्ज र यस आसपास रहेका गुठीका जग्गा खोजी गरी सीमांकन गर्न सहयोग गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अहिले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गाका साथै गुठीको जग्गा खोजी गर्ने अभियान चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह गर्नु भयो ।

गुठीको जग्गा खोज्न संस्थानको पर्सा प्रमुख चुडामणी घिमिरे आफै फिल्डमा खटिएर नापजाँच गराइरहेका छन् । उनकै नेतृत्वमा गएको टोलीले २ दिनमा २१ विघा ६ कट्ठा जग्गामा सीमांकन सकेको हो ।

जग्गा खोज्ने अभियान निरन्तर जारी रहने प्रमुख घिमिरेले बताउनुभयो ।

जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसँग महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र २३,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ चैत्र २३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद