वीरगञ्ज । पर्सामा कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका मुस्लिम पत्रकारहरु संगठित भएका छन् । बुधबार वीरगञ्जमा एक कार्यक्रम आयोजना गरी उनीहरुले मुस्लिम पत्रकार संघ गठन गरेका छन् ।
मन्सुर मियाँ धुनियाँको अध्यक्षतामा गठन भएको संघको उपाध्यक्षमा आविद हुसेन, सचिवमा सजाद हवारी, सहसचिवमा अब्दुल कैश मियाँ तेली, कोषाध्यक्षमा सबाना खातुन लगायत रहेका छन् ।
यस्तै सदस्यहरुमा अकबर हवारी, वासिम हुसेन, जाकिर मियाँ तेली, रासीद आलम, शेख मखदुम जहानगस्त, नुर आलमसहित ११ सदस्य रहेका छन् ।
यस्तै संघको वरिष्ट सल्लाहकारमा लालबाबु शेख, सल्लाहकारमा महम्मद सदाब मियाँ तेली, हामिद मियाँ धुनिया, आश महम्मद मियाँ, आसिक मियाँ अंसारी, ज्यासुद्दीन मियाँ देवान लगायत रहेका छन् ।
यस्तै संघको साधारण सदस्यमा अजहर मियाँ हवारी, रोशनी हुसेन, शेख सज्जाद हुसैन, मो. असलम रहेको संघका उपाध्यक्ष आविद हुसेनले जानकारी दिए ।
संघको मुख्य कार्यालय वीरगञ्ज रहने पनि उनले जानकारी दिए ।