Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीलाई इफ्तारी गर्न महानगरप्रमुख सिंहले गरे सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २२,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२२चैत । वीरगञ्ज कारागारमा रमजानमा गरेका मुस्लिम कैदीबन्दीलाई साँझको इफ्तारी गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खाद्य सामग्री उपलब्ध गराउनुभएको छ ।

कारागारमा रहेका करिब २ सय मुस्लिम कैदीबन्दीलाई पुग्ने सामग्री उहाँले व्यक्तिगत रुपमा उपलब्ध गराउनुभएको हो ।

महानगरप्रमुख सिंहले पठाउनु भएको सामग्री कारागार प्रशासनका फिरोज अन्सारीलाई हस्तान्तरण गरिएको प्रमुख सिंहका प्रतिनिधि अफरोज आलमले जानकारी दिनुभयो ।

इफतारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, तथा अन्य खाद्य सामग्री उपलब्ध गराइएको आलमले जानकारी दिनुभयो ।

मुस्लिम समूदायको महत्वपूर्ण चाड रमजान चलिरहेको छ । एक महिनासम्म चल्ने रमजानका बेला मुस्लिम समूदाय दिनभर पानी समेत नखाई निराहार बस्ने परम्परा छ । साँझ भने इफ्तारी गर्ने गर्दछन् । कारागारमा कैदी जीवन विताई रहेकालाई इफ्तारी गर्न खाद्य सामग्री अभाव नहोस भनेर महानगर प्रमुख सिंहले व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउनुभएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन
मुख्य समाचार

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा
मुख्य समाचार

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद