Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनशक्ति अभावले नारायणी अस्पताल समस्यामा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २२,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,२२चैत । वीरगन्जस्थित नारायणी अस्पताल जनशक्तिको अभाव झेल्दै छ । कुनै समय पर्सादेखि महोत्तरी तथा चितवन र भारतको बिहारको सीमावर्ती गाउसमेतका बिरामीको उपचार गन्तव्य रहेको यो अस्पताल अहिले आफैं जनशक्ति अभावले रुग्ण बनेको छ ।

नारायणी अस्पतालमा १ सय ९१ दरबन्दी छ ।तर हाल १ सय ६३ जनशक्ति मात्र पदपूर्ति भएको छ । बाँकी पद लामो समयदेखि रिक्त छ । विकास समितितर्फ दरबन्दीभन्दा कम जनशक्ति छन् । समितितर्फ १ सय ३० दरबन्दीमा ८४ स्थायी, ७ करार र ३३ ज्यालादारीमा कार्यरत छन् । आधा दर्जन दरबन्दी खाली छन् ।

अस्पतालमा ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ । दसौं तहका चिकित्सक डा. चित्तरन्जन साह मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेका छन् । प्रमुख कन्सल्टेन्ट अर्थो सर्जन, प्रमुख ईएनटी सर्जन, प्रमुख कन्सल्टेन्ट जनरल सर्जन, प्रमुख कन्सल्टेन्ट अप्थाल्मोजिस्ट, प्रमुख कन्सल्टेन्ट प्रमुख कन्सल्टेन्ट सर्जर ग्यास्टो इन्टोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट सर्जरी ग्यास्टोइन्टेरो फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसिसियोलोजिस्ट १/१ दरबन्दी छ । तर पदपूर्ति हुन सकेको छैन । वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्टको २ दरबन्दीमध्ये १ खाली छ ।

त्यसैगरी, वरिष्ठ कन्सल्टेन्ट टपिकल फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट युरो सर्जरी, न्युरो सर्जरी, नेफ्रोलोजिस्ट, न्युरोलोजिस्ट चिकित्सकको १/१ दरबन्दी रिक्त छ । सह प्रमुख मेडिकल ल्याब टेक्निसियन, वरिष्ठ कन्सल्टेन्ट चेस्ट फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट साइक्याटिस्ट, वरिष्ठ कन्सल्टेन्ट इन्डो डेन्टिग, वरिष्ठ कन्सल्टेन्ट ग्यास्टोइन्टेरोलोजिस्टको १/१ दरबन्दी सबै खाली छ । डेन्टल सर्जन, फार्मेसी अधिकृत र पुस्तकालय अधिकृतको १/१ दरबन्दी खाली छ । नर्सिङ अधिकृतको ३ मध्ये २, लेखा अधिकृतको १, नायब सुब्बाको २ जनामा एउटा, खरिदार १, डाइटिसियन सुपरभाइजरको १ दरबन्दी खाली रहेको छ ।

दुई जना ल्याब टेक्निसियनको दरबन्दी खाली छ । अनमीको ८ मध्ये २ दरबन्दी खाली छ । कार्यालय सहयोगीको ४९ मध्ये ९ दबरन्दी खाली छ । अस्पताल विकास समितितर्फ कन्सल्टेन्ट फिजिसियन, गेस्ट्रोइन्टेरोलोजिस्ट, हेल्थ असिस्टेन्टको १/१ दरबन्दी रहेकोमा सबै खाली छ । अनमीको आठमध्ये ६ दरबन्दी खाली छ । प्लम्बरको एउटै दरबन्दी खाली छ । एनआईसीयूतर्फ करार सेवामा कार्यरत कर्मचारीमध्ये स्टाफ नर्सको ८ दरबन्दी रहेकोमा २ रिक्त छ ।

सामाजिक अभियन्ता प्रकाश थारू जनशक्ति अभावकै कारण नारायणी अस्पताल रुग्ण हुनु दुःखद भएको बताउँछन् । ‘यो अस्पताल मोफसलकै जेठो र बिरामीको अत्यधिक चाप रहने अस्पताल हो,’ उनले भने, ‘यसलाई चुस्तदुरुस्त राख्नुपर्नेमा स्वास्थ्यकर्मी र चिकित्सककै अभाव भएपछि कसरी बिरामीले राम्रो उपचार पाउँछन् ।’

संघिय सरकारले यो अस्पताललाई २०७४ सालमा केन्द्रीय अस्पताल घोषणा गरेको थियो । तर अस्पतालमा जनशक्ति आपूर्ति भएको छैन । अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंह अस्पतालले जनशक्ति अभाव खेप्नुपरेको बताए । ‘हाम्रो सबैभन्दा ठूलो समस्या जनशक्ति र भवन अभाव नै हो,’ उनले भने, ‘अस्पतालको स्वीकृत शय्या सरकारी १ सय ५० र विकास समितिको १ सय गरी २ सय ५० जनाको छ । तर हामी ४ सय ३० शय्या सञ्चालन गरिरहेका छौं ।’ सीमित जनशक्तिले स्वीकृतभन्दा झन्डै दोब्बर शय्या सञ्चालन गर्न हम्मे भइरहेको डा. सिंहले बताए ।

अस्पतालमा २०५३/५४ सालकै जनशक्तिको दरबन्दी रहेको त्यसमध्ये पनि धेरै वरिष्ठ र कन्सल्टेन्ट चिकित्सककै दरबन्दी खाली हुनु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन् ।

यस्तो अवस्थामा बिरामीलाई आवश्यक उपचार सेवा पाउन सकेका छैनन् । अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालय र विभागसँग पटकपटक रिक्त दरबन्दी पूर्ति गर्न पत्राचार गर्दै आएको जनाएको छ ।शंकर आचार्य /कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद