Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ वर्षदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ वर्षदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी थालेको छ ।

पूरानो तथा जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रवाहमा कठीनाई भएको भन्दै नयाँ भवन निर्माणको थालनी गरिएको थियो । नयाँ भवन निर्माणको काम सम्पन्न भएसँगै अहिले कार्यालयका लागि आन्तरिक व्यवस्थापनको काम धमाधम भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

सूचना अधिकारीसमेत रहेका पौडेलकाअनुसार भरसक नयाँ वर्ष २०८० देखि नत्र नयाँ वर्षको पहिलो सातासम्ममा नयाँ भवनमा सर्ने तयारी छ । नयाँ भवनमा सरेसँगै सेवा प्रवाह पनि छिटो छरितो एवम् चुस्त दुरुस्त हुने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको विश्वास छ ।

अहिले सेवाग्राहीलाई पनि सेवा लिन असहज हुने र कार्यालयमा भिड हुने समस्या पनि नयाँ भवनमा सरेसँगै समाधान हुने पौडेलको भनाई छ । उनले भने, ‘अहिलेको भवन धेरै पूरानो भइसकेको छ, व्यवस्थित पनि छैन । हामीलाई काम गर्न पनि असहज भइरहेको छ । अब नयाँ भवन निर्माण भएसँगै आन्तरिक व्यवस्थापनको काम भइरहेको छ । नयाँ वर्षदेखि नयाँ भवनबाट नयाँ जोश र जाँगरका साथ सेवा प्रवाह गर्ने हाम्रो तयारी छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद