वीरगञ्ज, चैत २१- वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयमा तोडफोड भएको छ । तोडफोडका कारण कार्यालयको दुईवटा कम्युटर र कार्यालयमा पार्टिसन गरिएका सिसा र टेबलहरुमा क्षति पुगेको वडा अध्यक्ष हिरा गिरीले जानकारी दिए ।
युवकको आक्रमणबाट वडा कार्यालयका कर्मचारीहरु पनि घाईते भएका छन् । स्थानीय युवक मन्दिर भित्र भजन कृतन भईरहेको स्थानमा गएर एक्कासी भजनकृत गर्नेहरुमाथि आक्रमण गर्न थालेपछि स्थानीयले समात्न खोज्दा भागेर वडा कार्यालयको कोठा भित्र पसेको वडाअध्यक्ष गिरीले बताए ।
कोठाभित्र युवक पसेपछि पछाडिबाट मान्छेले लखेट्दै गएकाहरुले भित्र थुनेर बाहिरबाट चुकुल लगाईदिएपछि तोडफोड भएको वडा अध्यक्ष गिरीले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस