Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

३८ लाख मूल्य बराबरको समान सहित ट्रक नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १९,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बिल विजकभन्दा बढी सामग्री लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा विभिन्न किसिमको खुद्रा, हार्डवेयर तथा औषधीहरू लोड रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चैत्र ७ गते वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको अवाव्स्थामा घण्टाघर निजैकैबाट नियन्त्रणमा लिएको थियो ।

ट्रक पक्राउ गरिएको विषयमा पर्सा प्रहरीले जारी गरेको प्रेस नोटकाअनुसार वीरगञ्ज-८ घण्टाघर स्थित सडकखण्डबाट ना.५ ख ९६१३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा औषधीहरू चेकजाँच गर्दा उपलब्ध विल विजकमा उल्लेख गरिएको मात्रभन्दा धेरै रहेको पाइएको थियो ।

सोको आधारमा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले बताए । डिएसपी बुढाथोकीकाअनुसार ट्रकबाट अनूमानित ३८ लाख ८० हजार ३८५ रुपैयाँ बराबरको मालसामान बरामद गरिएको छ ।

बरामद मालसामानलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज चैत्र १९ गते बारा जिल्लास्थित राजश्व अनुसन्धान कार्यालय बुझाइएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ चैत्र १९,आईतवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ चैत्र १९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद