Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्धारा प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १८,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्जको सिमावर्ती शहर भारतको रक्सौलबाट लुकाईछिपाई प्रतिबन्धित लागूऔषध नेपाल ल्याएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार लागूऔषधस्थित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय सञ्जीव केशरी र चितवनको भरतपुर महानगरपालिका-४ रामघाट बस्ने विशाल श्रेष्ठ पक्राउ परेका छन् ।

केशरीलाई प्रहरीले वीरगञ्ज-१६ रजतजयन्तीचोकस्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । उनले चलाइरहेको ना. ३२ प ९४०३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा सिटमुनिबाट कालो प्लाष्टिकमा लुकाएर राखिएको लागूऔषध नाईट्राभेट बरामद भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए ।

गिरीकाअनुसार केशरीको साथबाट १ पत्तामा ३० ट्याब्लेट गरी २० पत्तामा ६०० पिस नाइट्रोभेटको फेला परेको छ । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा मुद्दा चलाई जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

त्यसैगरी प्रहरीले रजतजयन्तीचोकस्थित सडकखण्डबाटै रक्सौलबाट नेपाल तर्फ आउँदै गरेको विशाल श्रेष्ठलाई पनि प्रतिबन्धित लागूऔषध फेनारगन-४७ एम्पुल, डाईजेपाम-४७ एम्पुल, नुर्फिन-४७ एम्पुल गरी जम्मा १४१ एम्पुलसहित नियन्त्रणमा लिएको छ । शङ्कास्पद अवस्थामा हिडिरहेको अवस्थामा श्रेष्ठलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषद बरामद भएको डिएसपी गिरीले जानकारी दिए । उनीमाथि पनि लागूऔषध सम्बन्धि मुद्दा चलाएर जिल्ला अदालतबाट ७ दिन म्याद थपी अनुसन्धान अगाडि बढाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद