Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साका विभिन्न स्थानबाट लागु औषध गाँजा सहित ५ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १८,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१७ चैत । पर्साका विभिन्न स्थानबाट प्रहरीले लागु औषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिपहरमाइ गाँउपालिका ४ का २२ वर्षिय चन्दन कुमार साह, २० वर्षिय अरबाज आलम र २४ वर्षिय सुनिल कुमार गुप्ता रहेका छन् ।

जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई रोकेर चेकजाँच गर्दा उनिहरुको साबाट तीन केजी गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

यस्तै पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजा सहित दुई जना पक्राउ परेका छन् ।जितपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षिय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षिय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए ।

गाँजा सहित पक्राउ परेका पाँचै जनालाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद