Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सरसफाई प्रभावकारी बनाउन वीरगंज महानगरले सार्वजनिक गर्यो ‘सफा नेपाल एप’ 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १८,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,१७ चैत । वीरगञ्ज महानगरपालिकाले शहरको सरसफाइ र स्वच्छता अभियानलाई अझ प्रभावकारी बनाउन सफा नेपाल नामक एप निर्माण गरि शुक्रबारदेखि शुभारम्भ गरेको छ ।

शुक्रबार साँझ आदर्शनगरमा एक समारोह आयोजना गरेर महानगरपालिकाले सफा नेपाल नामक एपको शुभारम्भ गरेको हो । समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रुपमा ल्यापटमा कि बोर्डको बटम थिचेर उक्त एपको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।

द एशिया फाउण्डेशन र क्लीन नेपालको प्राविधिक सहयोगमा वीरगन्ज महानगरपालिकाले उक्त एप निर्माण गरेको हो ।

वीरगन्ज शहरलाई सफा ,स्वच्छ र सुन्दर बनाउन महानगरले जारी राखेको सरसफाइ एंव स्वच्छता अभियानमा वीरगन्जका सम्पूण नगरवासीलाइ जोड्ने उदेश्यले उक्त एप निर्माण गरि शुक्रबार देखि सन्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

उक्त एपमा जोडिने प्रयोगकर्तले कहि कतैं कसैले घर वा पसलको फोहोर सडक ,पेटी , नाला वा खाली जग्गामा फालेको भेटिए फोटो खिचेर त्यस बारे एपमा पठाउन सक्ने र त्यसको नोटिफिकेशन आए लगत्तै महानगरको टोली तत्कालै कारबाहीका लागि सम्बन्धित ठाँउमा पुग्नेछ ।

त्यसरी पुग्ने महानगरको टोलीले पहिलोपटकमा १ हजार, दोश्रो पटकमा ५ हजार रुपैयाँ र त्यसपछि दोहोरिएमा जरीवानाको रकम बढाउँदै कारबाही गर्ने नीति महानगरले लिएको छ ।

फोहोर गर्ने व्याक्ति वा संस्थाका बारे एप मार्फत सुचना दिने व्याक्तिको परिचय भने महानगरले गोप्य राख्ने र सुचना दिने व्याक्तिलाई असुल हुने जरीवाना रकमको केहि प्रतिशत रकम पुरस्कारका रुपमा प्रदान गर्ने पनि प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए बताए ।

शहरको सरसफाई र स्वच्छताका लागि महानगरले केहि महिना यता देखि जारी राखेको सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन र उक्त अभियानमा हरेक नगरवासीलाई जोडनकै लागि यो एप शुभारम्भ गरिएको  उनले बताए ।

एप लन्च समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले वीरगन्ज शहरको सरसफाई र स्वच्छता आफ्नो मुख्य प्राथमिकतामा रहेको  भन्दै शुक्रबार साँझ देखि शुभारम्भ गरिएको एपमा हरेक नगरवासी जोडिने हो भने सरसफाई र स्वच्छताको सवालमा एक वर्षभित्रै वीरगन्ज शहरको मुहार फेरिने बताए ।

उनले केहि महिना यता महानगरले शहरका मेनरोडमा थालेको सरसफाइ अभियान अब भित्री टोल र गल्लीहरुमा पनि सन्चालन गरिने बताए ।

महानगरका सबै वडाका वडाध्यक्षहरुलाई पनि जनतका समस्या र आवश्यकता प्रति सचेत गराउदै मेयर सिंहले भने ,‘ वीरगन्जलाई बनाउने दायित्व हामीसबैको हो , त्यसका कारण तपाईहरु अझ थप मेहनत गर्नुस् , जनतालाई ध्यानमा राख्नुस् ।

आफुले नेतृत्व सम्हालेको १० महिनामै वीरगन्जवासीले परिवर्तनको अनुभूती गर्न थालिसकेको भन्दै उनले भने,‘ म अरु जस्तो ५ वर्ष कुर्ने अवस्थामा छैन , ३ वर्ष मै हरेक दृष्टिकोणबाट वीरगन्जको मुहार फेर्नुछ भनेर लागेकोछु , यसमा सबैको साथ र सहयोग आवश्यक छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त समारोहमा वीरगन्जका उपमेयर इम्तियाज आलम , वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट
मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
बिजुलीबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

‘सूर्यभन्दा माथि तारा’ भन्दै नयाँ चुनाव चिह्नमा भोट हाल्न प्रचण्डको आग्रह

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद