Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ड्राइपोर्टमा चल्यो महानगरको डोजर, अतिक्रमण गरी बनाइएका ४ वटा पक्कि भवनसहित १७ घर टहरा हटाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १७,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १७ चैत। सार्वजनिक जग्गा अतिक्रमण गरेर विभिन्न व्यक्तिले निर्माण गरेका संरचना शुक्रबार वीरगञ्ज महानगरपालिकाले हटाएको छ ।
महानगरको वडा नम्वर २५ ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा जग्गा अतिक्रमण गरी निर्माण गरिएका पक्कि तथा कच्चि भवनहरु महानगरले डोजर लगाएर हटाइएको हो ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार गएको टोलीले अतिक्रमित जग्गामा बनेको ४ वटा पक्की भवन र १७ वटा घर टहरा डोजर लगाएर हटाएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो ।
केही व्यक्तिले वषौँदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत रुपमा प्रयोग गरिरहेको जानकारी पाए लगत्तै नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा अतिक्रमित गरेर बनेका संरचना हटाएको हो ।
अतिक्रमण हटाउने क्रममा अतिक्रमणकारीहरुले अवरोध गर्न खोजे पछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा प्रहरी पुगेपछि अतिक्रमण सहज रुपमा हटाइएको थियो ।
महानगरपालिकाले ३२ वटै वडामा अतिक्रमणमा परेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न भौतिक पुर्वाधार अतिक्रण खाली गर्ने समिति नै बनाएर काम अघि बढाएको छ ।
अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउनुहुँदै महानगरप्रमुख सिंहले कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह गर्नु भएको छ ।
आफूहरु सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै यसमा सबैको सहयोग जरुरी रहेको पनि बताउनु भयो ।
महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ विघा र वडा नम्वर २४ सिर्सिया पुल नजिक २ कट्ठा १० धुर जग्गा अतिक्रमण मुक्त गराइसकेको छ ।
चिल्ड्रेन पार्कको अतिक्रमण हटाउने काम चलिरहेको र अन्य वडाहरुमा पनि सार्वजनिक तथा ऐलानी जग्गा खोजी कार्य अघि बढाइरहेको छ ।
हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले यस्तो खोजी अभियान अघि बढाएको महानगरप्रमुख सिंहले बताउनुभयो ।
महानगरप्रमुखको निर्देशनमा अतिक्रमण मुक्त गराउन भौतिक पुर्वाधार अतिक्रण खाली गर्ने समितिका संयोजक प्रदीप चौरसिया, प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, नगर प्रहरी प्रमुख हरि भुषाल, प्रमुखको सचिवालयका हरि पोखरेल, प्रेस सल्लाहकार महेस दास लगायत नगरप्रहरी सहितको टोली पुगेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०७९ चैत्र १७,शुक्रबार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०७९ चैत्र १७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद