Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट राजेन्द्र सिंह सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी राजेन्द्र सिंह सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ पर्साले महासंघको ६८ औँ स्थापन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मी सिंहलाई २० हजार रुपैयाँ नगदसहित स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो ।

सिंहलाई पर्साका प्रमुख जिल्ला अधिकारी एवम् कार्यक्रमका प्रमुख अतिथि हिरालाल रेग्मीले सम्मानपत्र र रकम बराबारको चेक हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ पर्साले जनाएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले गत शनिबार मात्रै बैठक गरेर सिंहलाई यो पुरस्कार दिने निर्णय गरेको थियो । युवा सञ्चारकर्मी स्वर्गीय नरेश सर्राफको स्मृतिमा यस वर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो । अब प्रत्येक वर्ष ४० वर्ष उमेर नकटेका सञ्चारकर्मीलाई पुरस्कार वितरण गरिने महासंघका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

रेडियो नेपाल, एन्यूज टेलिभिजन र पब्लिक एफएममा कार्यरत सिंह प्रेस चौतारी नेपाल पर्सा शाखाका सचिव पनि हुन् । उनि विगत एक दशकभन्दा पनि बढी समयदेखि रेडियो, टेलिभिजनलगायतका सञ्चारमाध्यमबाट काम गर्दै आएका छन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाह, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य महेश दास, नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शंकर खतिवडा, शत्रुघन नेपाल, प्रेस युनीयन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, नेपाल खेलकुद पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारी यादव, नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य विजय चौहान, मधेश प्रदेश अध्यक्ष पञ्कज श्रेष्ठलगायतका उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका कार्यसमिति सदस्य सर्राफको यसै वर्ष हृदयघातका कारण निधन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद