Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठोरीमा बाघको आतंक, फेरीपनी बाघले स्थानीयको गोठ रीत्यायो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१६ चैत । पर्साको ठोरीमा फेरिपनि बाघको आतंक देखा परेको छ। एउटा घटना सेलाउन नआउदै फेरि गएराती पर्सा राष्ट्रिय निकुञ्जबाट आएको पाटे बाघले ठोरी ४ मानेचोकका स्थानीयबासी नबिन तामाङको गोठमा पसि बाख्राको खोर नै सखाप पारेको छ । बाघले ५ वटा माउ बाख्रा, २ वटा खसि गरि ७ वटा बाख्रा मारिदिएको कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समीतीका अध्यक्ष बुद्ध पाख्रीनले रेडियो बिजयबस्तीलाई जानकारी दिनु भयो ।

स्थानीय समेत रहनु भएका कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समीतीका अध्यक्ष पाख्रीनले घटना प्रति ध्यानाकर्षण भई यथाशीघ्र यो पाटेबाघलाई नियन्त्रणमा लिन सम्बन्धित निकाय तथा पर्सा राष्ट्रिय निकुञ्जलाई आग्रह गर्नु भएको छ । यदि यस बाघलाई समयमा नियन्त्रणमा नलिई ब्यवास्था गरेमा जनता आक्रोशित हुने र यस क्षेत्रमा घट्ने सबै किसिमको घटनाको जिम्मेवारी निकुञ्जले लिनु पर्ने बताउनु भयो । पटक-पटक बाघले स्थानीयले पालेका घरपालुवा जनावरलाई मार्दा पनि सम्बन्धि निकायले बाघलाई नियन्त्रणमा नलिई निकुञ्जमा नै छाडेको भन्दै ठोरीका स्थानीय आक्रोसित बनेका छन् ।

घट्ना थाहा पाए लगतै स्थानीयबासीले पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई खबर गरेका थिए । उक्त बाघलाई स्थानीय बासी,निकुञ्जका कर्मचारी र आर्मीको संयुक्त टोलीले पर्सा राष्ट्रिय निकुञ्ज तर्फ धपाउन सफल भएका छन् । घट्नामा के कति क्षेती भयो भन्ने बिस्तृत बिवरण भने आईसकेको छैन ।

गएको चैत ७ सात गते पनि पर्सा राष्ट्रिय निकुञ्ज बाट निस्कीएको पाटे बाघले ठोरीको घ्याङडाँडाका स्थानीय मिक्मर लामाको गोठमा पसि ६ वटा बाख्रा १ भैसिको बाडा मारेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद