Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन्।

जिल्ला प्रशासन कार्यालयले उनीहरूसँग अभद्र व्यवहार कसुरमा ५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। तर, धरौटी नतिरेपछि उनीहरू जेल चलान भएका हुन्।

प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५-५ हजार रुपैयाँ धरौटी माग गरेको थियो।

प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जेल चलान भएका हुन्।

गत चैत ७ गते काठमाडौंको थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री हलमा छिर्नेबित्तिकै यी तीन युवाले गरिबमारा भन्दै नाराबाजी गरेका थिए।

प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो जसको व्यापक आलोचना भएको थियो। साभार :

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद