Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा भाटभटेनी सुपरमार्केट चैत ९ गतेदेखि सञ्चालनमा आउँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ५,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०५ चैत । नेपालकै ठूलो चेन सुपर मार्केट भाटभटेनी सुपरमार्केट अब मधेश प्रदेशकै वीरगञ्जमा पनि सञ्चालनमा आउने भएको छ । भाटभटेनीको २४ औं स्टोरको यती चैत ९ गते औपचारिक उद्घाटन हुने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए ।

देशभर स्टोर विस्तार अभियानमा रहेको भाटभटेनीले यस अगाडि २३ वटा स्टोर सञ्चालनमा ल्याइसकेको छ । यो स्टोर मधेश प्रदेशकै पहिलो हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गरिएको गुरुङले बताए । गुरुङ्काअनुसार देशकै प्रमुख औद्योगिक शहर वीरगञ्जबाट पनि सेवा प्रदान गर्ने लक्ष्यका साथ २४ औं स्टोर स्थापना गरिएको हो ।

स्टोरमा २ अर्ब ५० करोड बढीको लागत रहने तथा करिब २ सय ५० जना स्थानियले रोजगार प्राप्त गर्ने गुरुङको भनाई छ । उनले भने, ‘स्वदेशमै सहज र सुलभ मूल्यमा अन्र्तराष्ट्रिय स्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवाहरुलाई स्वरोजगार बनाउने हाम्रो प्रयास हो ।’

मधेश प्रदेशकै सबैभन्दा ठुलो शहर वीरगञ्जबाट सेवा सुरु गर्न पाउँदा खुशी लागेको बताउँदै उनले यस स्टोको शुभारम्भले यस क्षेत्रका जनतालाई सपिङको सहजता र यहाँको बजार थप चलायमान हुने विश्वास व्यक्त गरे ।

भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको पनि उनको दावी छ । ‘हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन । स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामाग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं’, उनले भने ।

स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलाउनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको भनाई छ । फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङ गर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत हुने भट्टराईको विश्वास छ ।

यँहाका स्थानियहरुले मात्र नभई छिमेकी मुलुक भारतका सिमावर्ति शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने उनको विश्वास छ । यस स्टोरमा अन्तराष्ट्रिय स्तरको पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, वल्र्ड क्लास ब्राण्डेड लुगाहरु लगाएतका सुविधाहरु पनि रहने उनले बताए । व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक, बहुअरिमा २ बिगाहा २ कठ्ठा क्षेत्रफलमा स्टोर निर्माणको अन्तिम चरणमा छ । स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्र्किङ सहित ७ तलाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्य भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठुलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद