Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज महानगरले सुरु गरेको कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप अभियान निरन्तरता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ४,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०४ चैत । सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतंक बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले सुरु गरेको कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप अभियानलाई निरन्तरता दिएको छ ।

छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पुर्‍याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउनु सुरु गरेको हो ।

अभियानको सुरुवातदेखि छाडा कुकुरलाई दैनिक संकलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले जानकारी दिए ।

गत मंगलबारदेखि सुरु भएको छाडा कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्यक्रमअन्तर्गत हालसम्ममा दुई सयभन्दा बढी कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको मेयर सिंहले बताए । पहिलो चरणमा करिब एक हजार कुकुरको बन्ध्याकरण गरिने सिंहको भनाइ छ ।

शनिबार बिहानै बन्ध्याकरण गर्ने स्थानमा पुगेका सिंहले वीरगञ्जमा छाडा कुकुरको संख्या वृद्धि नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको बताए । कुकुरको संख्या दैनिकरुपमा बढ्दै गएकाले यसलाई कम गर्न बन्ध्याकरण गर्न थालेको र यसबाट छाडा कुकुरको कमि आउने उनको विश्वास छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०७९ चैत्र ४,शनिबार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ चैत्र ४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद