Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तनाब र दवाब समयमै व्यवस्थापन भए मनोसामाजिक समस्या समाधान हुन्छ : सरोकारवालाहरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ३,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०३ चैत । बालबालिकाको मानसिक स्वास्थ्य ठिक राख्न घर परिवार र अभिभावककै महत्वपूर्ण भूमिका रहेको सरोकारवालाहरुले बताएका छन् ।

अहिले किशोरावस्था तथा बालबालिकाकै मानसिक स्वास्थ्यमा गम्भीर खालका समस्या देखिँदै गएकाले यसमा अभिभावक र घरपरिवार नै सजग र सचेत भएर व्यवहार गर्नु पर्नेमा सरोकारवालाहरुको जोड थियो ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा टिपिओ नेपालले शुक्रबार वीरगञ्जमा आयोजना गरेको जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग मनोसामाजिक विषयको कार्यशाला गोष्ठिमा सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मनोसामाजिक परामर्श र उपचारका लागि वीरगञ्ज महानगरका स्वास्थ्य संस्थाहरुमा कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले शारिरिक रोगको उपचार र पहिचान सहज भए पनि मानसिक समस्याको पहिचान गर्न कठिनाई हुने भएको पहिचान र उपचारमा समस्या आउने गरेको पनि बताउनुभयो ।

बालबालिका मात्रै नभई तनाब र दवाबसँग जुध्ने प्रौढ, युवा तथा बृद्ध पनि मनोरोगको चपेटामा आउने गरेको भन्दै समयमै तनाब र दवाब व्यवस्थापन गर्न घरपरिवारले पनि साथ दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षिका सपना श्रेष्ठले मनमा लागेको चोटको उपचार गर्ने अस्पताल र विज्ञ परामर्शदाताको अभावले मनोरोग झनै जटिल बन्दै गएको बताउनुभयो ।

मनोरोगकै कारण यौन हिंसा, यौन दुव्र्यवहार तथा आत्महत्याका घटना पनि बढीरहेको उहाँको भनाइ थियो ।

बच्चैबाट अभिभावकले सही व्यवहार र सही मार्गनिर्देश गरे मात्रै मनोसामाजिक समस्या निराकरण भएर यस्ता घटनाहरु कमी आउने उहाँले विश्वास लिनुभयो ।

कार्यक्रममा टिपिओ नेपालका कार्यक्रम प्रमुख पितम्बर कोइरालाले मनोसामाजिक परामर्शका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ चैत्र ३,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ चैत्र ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद