Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रसायनिक मलमा मूल्यवृद्धिको विरोधमा राप्रपा, माइतीघरमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  सरकारले कृषि क्षेत्रलाई वेवास्ता गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रजातान्त्रिक किसान संगठनले आज विरोध प्रदर्शन गरेको छ।

राप्रपाले सरकारले रासयनिक मलको मूल्य बढाएको भन्दै राजधानीमा प्रदर्शन गरेको हो।

माइतीघरमा भेला भएर उनीहरुले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए। उनीहरुले कृषि मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा समेत मागेका थिए।

सरकारले केही दिन अघि रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको थियो। रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको कृषि मन्त्रालयले जनाएको थियो ।

जसअनुसार साबिकभन्दा युरिया प्रतिकिलो ११ रुपैयाँ, डिएपी प्रतिकिलो ७ रुपैयाँ र पोटास प्रतिकिलो ९ रुपैयाँ महँगो भएको थियो। रसायनिक मलको अभाव भइरहँदा मलकै मूल्य बढाएको भन्दै सरकारको आलोचना भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ चैत्र १,बुधबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ चैत्र १,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद