Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको ठाकुरराम क्याम्पसमा आगजनी ,३ विद्यार्थी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,२६फागुन।  वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले शुक्रबार आगजनी गरेका छन्। स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरुले शुक्रबार विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन्।

मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन लगायतका नेताहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केहि विद्यार्थीले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाएका हुन्।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २७२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप लगाएपछि क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद भएको थियो। विवाद चलिरहेको समयमा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई राजीनामा पत्र बुझाएका छन्।

आगलागिबाट फर्निचर जलेका छन्। आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेताहरु सुजित गिरी, शिवम साह र मनिष चाैहान गरि ३ जनालाई नियन्त्रणमा लिएको छ। क्याम्पसमा तनाव सिर्जना भएपछि डीएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद