वीरगन्ज,२०फागुन । बारामा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले अटो रिक्सामा लागु औषध गाजा ओसार्ने ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नंबर २२ चकरीका २५ वर्षिय नरेश बम , ४३ वर्षिय हिरामान थिङ र ३५ वर्षिय सुरेश स्याङतान रहेका छन्। उनिहरुको साथबाट लागु औषध गाजा १२ बेजी बरामद गरिएको बाराका प्रहरी उपरीक्षक हाोविन्द्र बोगटीले जानकारी दिए ।
अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो रिक्सा प्रहरीले चेकजाँच गर्ने क्रममा आटो भित्र लुकाई छिपाई राखिएको अवस्थामा गाजा बरामद भएको उनले बताए । लागू औषध गाजा सहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।