Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अपहरण तथा चोरी मुद्धामा ३ वर्षदेखि फरार एक जना जेल चलान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१८ फागुन । अपहरण तथा शरीर बन्धक एवं जवरजस्ती चोरी मुद्धामा सजाय पाएर ३ वर्ष देखि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी जेल चलान गराएको छ ।

पर्सा जिल्ला अदालतले २०७६/३/१० मा र उच्च अदालतले सोही महिनाको १९ गते वीरगञ्ज ११ का नागेन्द्र प्रसाद महतोलाई दोषि ठहर गर्दै १७ लाख ८३ हजार २४३ रुपैयाँ जरिबाना हुने फैसला दिएको थियो ।

अदालतको फैसलापछि फरार रहँदै आएका महतोलाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाको नेतृत्वमा सोमबार पक्राउ गरी जिल्ला अदालत पर्सामा बुझाएको थियो ।

अदालतमा महतोले पूर्व निर्धारित फैसला बमोजिम जरिबाना रकम बुझाउन नसकेपछि अदालतले १० वर्ष कैदमा राखी जरिबाना असुल उपर गर्न कारागार पठाएको हो ।

२०७६ मै फैसला भए पनि अहिले बल्ल कारागार पठाएकाले यही फागुन १५ गतेदेखि लागु हुने गरी १० वर्ष कैद भुक्तान गर्नु पर्ने अदालतले आदेश दिएको हो । महतो पार्वती आयल स्टोरका संचालक समेत हुन् ।

वडा प्रहरी कार्यालय श्रीपुरले अदालतबाट फैसला भएका मुद्धाका फरार प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियान नै चलाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद