Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा बन्ने भयो २५ करोडको लागतमा प्रदेश स्तरीय कृषि बजार : मन्त्री ज्वाला कुमारी साह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा,१२ फागुन I कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट निकट भविष्यमै कलैयामा निर्माण हुने प्रदेश स्तरीय कृषि बजारको जग्गाको मन्त्री ज्वाला कुमारी साह सहितको टोलीले निरीक्षण गर्नुभएको छ ।

निरीक्षण पछि बारा उद्योग वाणिज्य सङ्घमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बर्खी बजारमा रहेको सो जग्गामा कृषि बजार निर्माण गर्नका लागि मन्त्रालयबाट रु २५ करोड रुपैयाँ बिनियोजन गरिसकेको बताउँदै चाडै नै प्रक्रिया पुर्‍याई निर्माणको कार्य थाल्नी गर्नका लागि मातहतलाई निर्देशन दिइसकेको बताउनु भयो ।

देशभरमा प्रदेश स्तरीय बजार निर्माण ४ वटा ठाउँमा मन्त्रालयले गर्ने सोच राखेको बताउँदै गृह जिल्लाको सदरमुकाम कलैयाबाट नै सो अभियानको थालनी पहिलो चरणमा गरेको जानकारी दिनुभयाे । मधेस प्रदेशको ८४ वटा पालिकाहरूमा ठुलो र सानो आयोजनाहरू राखेर काम गर्न मन्त्रालय लागि परेको भन्दै मन्त्री साहले एक हप्ता भित्रमा किसानहरूको हातमा पैसा जाने प्रकारले दूधको मूल्य बढाउने उद्घोष गर्नुभयो ।

बिगत लामो समय देखि सञ्चालनमा नरहेको कलैया डेरीलाई सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अगाडी बढाउने उहाँले भन्नुभयो। किसानहरूलाई मर्का नपरोस् भन्ने अभिप्रायका साथ उखुमा प्रति क्विन्टल रु २० बढाएको जानकारी दिँदै कृषिजन्य वस्तुहरूको उत्पादन बढाउनका लागि किसानहरूलाई सहुलियत दरमा मल उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । विकासको मानेमा दलगत स्वार्थ भन्दा माथि उठेर सबै जना एक थलोमा उभिई जिल्लाको विकासका लागि अगाडी बढ्नुपर्ने धारणा मन्त्री साहले ब्यक्त गर्नुभएको थियो ।

बर्खी बजारमा रहेको ३४ कठा जग्गा मन्त्रालय र आयोजनाको मापदण्डमा नै रहेको हुँदा ठाउँ बजार निर्माणका लागि उपयुक्त रहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डाक्टर चन्द्रप्रसाद रिमालले जानकारी दिनुभयो । निर्माण सम्पन्न भए लगतै यस क्षेत्रका उद्योगी, व्यापारीहरूलाई मात्र नभई प्रदेश भरीका सरोकारवाला व्यक्तिहरूलाई ठुलो टेवा पुग्ने आयोजना निर्देशक रिसालले बताउनुभयो ।

बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संविधानसभाका सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, नेपाली काँग्रेसका जिल्ला सभापति राजेशराय यादव, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, आयोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रबिन्द्र महथा, बारा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवनाथ शर्मा, उपाध्यक्ष दिपु गुप्ता, महासचिव रामअसिस साह, प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेय लगायतकाले कृषि बजार चाँडो भन्दा चाँडो बन्नुपर्नेमा जोड दिनुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद