Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५ वर्ष नाघेका मुद्दाको संख्या ४ हजार ८ सय रहेकोमा हाल ४ हजार ५ सयमा झरेको – कामु प्रधानन्यायाधीश कार्की

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१२ फागुन — सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा ५ वर्ष नाघेका मुद्दालाई उच्च प्राथमिकतामा राखेर फैसला गर्न थालिएको बताएका छन् ।

वीरगन्जमा शुक्रबार सुरु भएको कानुन व्यवसायी महिलाहरूको ३०औं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले यस्तो बताएका हुन् । ‘सर्वोच्चमा ५ वर्ष नाघेका मुद्दालाई अभियानमा लगेर छिटोभन्दा छिटो फैसला गरिरहेका छौं,’ उनले भने, ‘यस्ता मुद्दामा १५ दिनभन्दा बढीको तारेख नदिई १५ दिनभित्रै अर्को पेसी तोकी रहेका छौं ।’

आफूले कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दा सर्वोच्चमा ५ वर्ष नाघेका मुद्दाको संख्या ४ हजार ८ सय रहेकोमा हाल ४ हजार ५ सयमा झरेको पनि उनले बताए । सर्वोच्चमा समग्रमा ३० हजार मुद्दाको जिम्मेवारी रहेकोमा २९ हजार १ सयमा झारिसकेको बताउँदै कामु प्रधानन्यायाधीश कार्कीले आउँदो १ दिनमै सर्वोच्चमा मुद्दाको संख्या २८ हजार चानचुनमा झरेको घोषणा गरिने बताए ।

उनले यो अवस्थामा आफूहरूले सर्वोच्चमा ‘सामान्य परिवर्तन’ गर्दा पनि सम्भव भएको बताए । उनले सर्वोच्चको सबैभन्दा बढी आलोचना ढिलो न्याय हुने गरेको भनी हुने गरेकाले बताउँदै पीडितले समयमा न्याय नपाउँदा थप अन्याय हुने भएकाले न्याय निरुपणलाई अभियानकै रुपमा सञ्चालन गरिएको बताए ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलामा क्षमता भए अवसर आफैँ आउने बताइन् । उनले सक्षम, स्वच्छ, उत्तरदायी,समावेशी न्यायपालिकाका निम्ति सक्षम महिला कानुन व्यवसायी हुनुपर्नेमा जोड दिइन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले १ वर्षभन्दा लामो अवधि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चल्नु दुःखद भएको बताए । त्यस्तै नेपाल सरकारका महान्यायाधिवक्ता दीनमणि पोखरेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश र रिक्त रहेका अन्य न्यायाधीशको नियुक्ति अविलम्ब गर्न सरकारलाई घच्घच्याइरहेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद