Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल चिकित्सक सङ्घकाे मतदान उपत्यकामा जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १९,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँ । नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ । आज विहानदेखि नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिनुभयो ।

यसअघि यही माघ ६ गते र ७ गते उपत्यका बाहिरका १६ शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ । उपत्यका बाहिर तीन हजार छ सय ५० मत खसेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आजदेखि उपत्यकामा तीन दिन माघ १९, २० र २१ निर्वाचन हुनेछ । तीन दिन उपत्यकामा आठ हजार नौ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक÷एक जनाको दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक जना र छ जना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसै सङ्घ परिषद् सदस्य ६० जनाकोसमेत निर्वाचन हुँदैछ ।

अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिनु भएको छ । अध्यक्षमा डा अनिल विक्रम कार्कीको लोकतान्त्रिक, डा सन्तोष पौडेलको प्रगतिशील र डा शिवजी विक्रम सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना रहनुभएको छ । यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी
मुख्य समाचार

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रकाशित : २०७९ माघ १९,बिहीबार
च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन
मुख्य समाचार

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

प्रकाशित : २०७९ माघ १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद