Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आज रातिदेखि पानी पर्ने, चिसोबाट जोगिन सावधान रहनु पर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ९,सोमबार
A A
file photo 
संकेतिक तस्विर

file photo संकेतिक तस्विर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,०९ माघ । आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको विष्भागले जानकारी दिएको हो ।

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ भने आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही भू–भागहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ ९,सोमबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ माघ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद