वीरगंज,११ पुष । बारा प्रहरीले गत ८ गते शुक्रबार हत्या गरिएका भारतिय नागरिक आरोपीलाई पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्याको घटनाका आरोपी एक जना भारतिय नागरिकलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लामा पर्ने सेखवनाका प्रमोद राम रहेका छन । शुक्रबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित भुतहि पुलमा गोली हानि हत्या गरिएका भारतिय नागरिक शिवपुजन राय यादबको हत्याको आरोपमा उनको सँलग्रता पाएपछि जिल्ला प्रहरी कार्यालय बाराले रामलाई पक्राउ गरेको हो।
बारा प्रहरीले गोली प्रहारबाट घाईते यादबलाई उपचारका लागि स्थानिय अस्पताल लगेपछि उनको मृत्यु भए नभएको कुरा गोप्य रुपमा बुझेर बसेका प्रमोद रामको संलग्रता हत्याको उक्त घटनामा हुनसक्ने आशँकामा प्रहरीले पक्राउ गरी केरकार गर्दा उनको संलग्रता खुलेको थियो । केरकारको क्रममा भारतमा हत्या, लुटपाट जस्ता अनेकी घटनामा रामको सहभागिता रहेको पाईएको प्रहरीले जनाएको छ । बारामा हत्या गरिएका यादब पनि भारतको कुख्यात अपराधि भएको र नेपालमा लुकिछिपि बसेको अवस्थामा रामको सँलग्रतामा यादबको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
बारामा हत्या गरिएका शिबपुजन राय यादबले केही समय अघि भारत बिहार छौंडादानो ग्राम पन्चायतको उप्रमुख रमेश यादब हत्याका आरोपी हुन । नेपालमा आएर लुकिछिपि बस्दैआएका उनी भारतिय नक्सलबादी गिरोहको नेता हुनुका साथै प्रहरीको मोष्ट वाण्टेड सुचिका अपराधि भएको बारा प्रहरीले जनाएको छ।