Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उज्यालो वीरगञ्ज अभियानले वीरगञ्जको ३२ वटै वडा झिलिमिलि

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ८,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०८ पुष । वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिलि बनेको छ । उज्यालो वीरगञ्ज अभियान अन्तर्गत सडक तथा चोकचोकमा वत्ति जडान गरेसँगै ३२ वटै वडा झिलिमिल बनेको हो ।

टोलटोलमा रहेका पोल र सडकमा वत्ति जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिए ।

संघ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियान अन्तर्गत ३२ वटै वडामा १३ हजार भन्दा बढी बल्ब जडान गरिएको छ ।

३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत पनि काम हुन सकेको थिएन ।

महानगरपालिकाले असार १९ गते स्वेत पत्र सार्वजनिक गर्दै यस अघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाई भएको उल्लेख गरेको थियो ।

नयाँ नेतृत्व आएसँगै कामलाई तिब्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको हो ।

सम्झौता अनुसार १०० बाट, ६० बाट र ४० बाटको गरी कूल १३ हजार ३ सय ९० वटा बत्ती र १ सय भन्दा बढी कन्ट्रोल प्यानल जडान गर्ने काम सकिएको शाखाका इन्जिनियर उपाध्यायले जानकारी दिए ।

केही वडामा पहिले जडान भएको वत्ति नबल्ने समस्या देखिएकोमा त्यसलाई हटाएर नयाँ जडान गरेसँगै अहिले अधिकांस वत्ति बल्ने गरेको छ ।

सूर्योदय उर्जा, तोप्सन इनर्जी जेभी, काठमाण्डौले २३ करोड ९६ लाख २४ हजार १ १२७ रुपैयाँमा ठेक्का सकार गरेर काम गरेका थिए । सुरुमा एक वर्षभित्रै काम सक्ने सम्झौता भएकोमा अहिले आएर मात्रै काम अन्तिम चरणमा पुगेको हो ।

जडान भएका बत्तिमा कुनै समस्या देखिए तत्काल खबर गर्न पनि महानगरको विद्युत शाखाले सबैलाई आग्रह गरेको छ । विगतमा बत्ति नबलेको गुनासो दैनिक आउने गरेको भए पनि अहिले मर्मत र जडानको कामलाई तिब्रता दिएकाले गुनासो आउन पनि कमि भएको छ । आएका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी टोली परिचालन हुने हुँदा गुनासो आउन कम भएको बताउँछन् विद्युत शाखाका इन्जिनियर उपाध्याय बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद