Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी फोहोर गर्दै उद्योग, अनुगमनलाई कडाई गर्दै वीरगञ्ज महानगर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०५ पुष । विरगंजको मरियम लेदर उद्योगले सोझै सिर्सिया नदीमा फोहोर तथा फोहोर पानी फाल्ने गरेको भेटिएको छ ।

सिर्सिया नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन गर्न गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले मंगलबार अनुगमनका क्रममा यस्तो फेला पारेको हो ।

उद्योगले छालाबाट निस्केको फोहोर पदार्थका साथै उद्योग संचालन गर्दा निस्केका केमिकलयुक्त दुर्गन्धित फोहोर पानी सोझै सिर्सिया नदीमा फाल्ने गरेको भेटिएको अनुगमन टोलीमा रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

उद्योगबाट निस्केको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउनु पर्ने कानुनी व्यवस्था भए पनि यहाँका अधिकांस उद्योगहरुले सोझै दुर्गन्धित पानी नदीमा फाल्दै आएका छन् ।

मरियम लेदर उद्योगमा पनि पानी प्रशोधन केन्द्र नभेटिएको महानगरका वातावरण निरीक्षक प्रदीप साहले बताए ।

अनुगमन टोलीले आज मरिअमसहित नारायणी लेदर र निम्बसको पनि अनुगमन गरेको छ ।

अनुगमन गरेकामध्ये नारायणी लेदरले फोहोर पानी प्रशोधन गरेर फाल्ने गरेको भेटिएको महानगरका वातावरण निरीक्षक साहले बताए ।

त्यस्तै निम्बस उद्योगको उत्पादन अहिले बन्द रहेकाले त्यहाँबाट पानी निकासा नभेटेको पनि उनले बताए । निम्बसले पानी प्रशोधन केन्द्र भने बनाएको छ ।

नदी आसपासमा कम्तिमा पनि एक सयभन्दा बढी उद्योगहरु रहेको र ती उद्योगले जथाभावी फोहोर पानी फाल्दा अहिले सिर्सिया दुर्गन्धित बनेको छ ।

महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा रहेको टोलीले पहिलो चरणमा अनुगमनलाई निरन्तरता दिएको हो ।

‘पहिलो चरणमा अनुगमन र सचेत गर्ने काम गर्दै हिँडेका छौँ,’ उपमेयर आलमले भने, ‘यति गर्दा पनि नदी प्रदुषण नियन्त्रण नभए फोहोर पानी नदीमा फाल्ने उद्योगलाई हामी कारवाही गर्छौँ ।’

निर्वाचनमा सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउने प्रतिबद्धता जनाएका

महानरका मेयर राजेशमान सिंहले निर्वाचनका बेला सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही अनुरुप नदीमा भइरहेको प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउन पहिलो चरणमा अनुगमन अघि बढाइएको उनले बताए ।

मंगलबार उद्योगको अनुगमन गर्न गएको टोलीमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखा प्रमुख देवेन्द्र चौधरी, प्रहरी निरीक्षक दावा तेन्जी शेर्पा, वीरगञ्ज उद्योग वाणिज्य संघका अनिल कुमार अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ पुष ५,मंगलवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ पुष ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद