Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जग्गाकाे वर्गिकरण सकियाे, अब कित्ताकाट खुलाउ वीरगंजका मेयर राजेशमान सिंहको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ०२ पुष । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले महानगरले जग्गा वर्गिकरणकाे काम सम्पन्न गरेकाे भन्दै मालपाेत कार्यालयका प्रमुखलाई कित्ताकाट सुरु गरेर जनताका दैनिक समस्या समाधान गर्न आग्रह गर्नु भएकाे छ ।

जिल्ला मालपाेत कार्यालय परिसरमा शनिबार बिहान आयाेजित कार्यक्रमकाबीच उहाँले मालपाेत कार्यालयका प्रमुख ऋषि कुमार दाहाललाई यस्ताे आग्रह गरेका हुन् ।  महानगरले ३२ वटै वडामा रहेका जग्गालाई विभिन्न ७ थरीमा वर्गिकरण गरेकाे छ ।

वर्गिकरणका लागि राेकिएकाे कित्ताकाट वर्गिकरण सम्पन्न भएसँगै अब खुला गर्नु पर्नेमा नगरप्रमुख सिंहले जाेड दिनुभयाे । मेयर सिंहले मालपाेत कार्यालयलाई व्यवस्थित गर्दै मालपाेत, नापी र भूमीसुधार कार्यालयका लागि बहुतले भवनकाे आवश्यकता रहेकाे औँल्याउँदै भवनकाे नक्सा बनाएर ल्याए भवन निर्माणका लाग आफूले पनि पहल गर्ने बताउनुभयाे ।

यस्तै नगरप्रमुख सिंहले मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई सुविधाजनक बस्ने स्थान र शौचालयकाे निर्माण महानगर आफैँले गरिदिने बताउनुभयाे । उहाँले कार्यालय अगाडीकाे सडकमा जथाभावी सवारी साधन नराखी ताेकिएकाे स्थानमा मात्रै पार्किङ गर्न पनि लेखापढी व्यवसायी र सेवाग्राहीलाई अनुरोध गर्नु भयाे ।

कार्यक्रममा मालपोत कार्यालय पर्साका प्रमुख ऋषि कुमार दाहाल, लेखापढी व्यवसायी संघका अध्यक्ष मदन पटेल, नगर कार्यपालिका सदस्य खैरुद्दिन हवारी, लेखापढी व्यवसायी तथा स्थानीय बासीन्दाको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ पुष २,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ पुष २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद