वीरगञ्ज, ०१ पुष । पूर्व राजा महेन्द्र वीर विक्रम शाहको १ सय औँ जन्मजयन्ती वीरगञ्जमा पनि मनाइएको छ । देशभक्त राज्यभक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा जन्मजयन्ती मनाइएको हो ।
सो अवसरमा संस्थाका केन्द्रीय उपाध्यक्ष राजकिशोर चौवे, पर्सा जिल्ला अध्यक्ष सतिश श्रीवास्तव, समाजसेवी पशुपति विक्रम साह, ऊशा शाह, हिरा बहादुर चन्द, नागरिक संघर्ष समितिका संयोजक अब्दुल सतार अंसारी, वीर गोर्खालीका संयोजक बिरेन्द्र थापा, नेपाल विद्यत परिषदका रामनारायण शाह, अणु राणा, रबी कुमार लाठ लगायतको उपस्थिती रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस