बीरगंज आइसिपीबाट आयात बढेको भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७८÷०७९ को ११ महिनामा ७ खर्ब १८ अर्ब बराबरको आयात निर्यात भएको भन्सार कार्यालय विरगंजले जनाएको हो ।
नेपालको सबैभन्दा बढी सामान आयात तथा निर्यात हुने प्रमुख नाकाको रुपमा रहेको आइसिपी भन्सारबाट आयात बढेको हो । आर्थिक वर्षमा वीरगंज नाकाबाट ७७ अर्ब बराबरको नेपाली उत्पादन भारत लगायत तेस्रो मुलुकमा निर्यात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार आयात र निर्यात व्यापारको तुलना गर्दा वीरगंज नाकाबाट मात्रै ५ खर्ब ६५ अर्ब रुपैयाँको व्यापार घाटा भएको जानकारी गराएका छन् ।
गत आर्थिक बर्ष ०७७÷०७८ मा बीरगंज नाकाबाट ४ खर्ब ५६ अर्बको वस्तु आयता गरिएको थियो भने ४४ अर्ब मूल्य बराबरको उत्पादन बीरगंज आईसिपी भन्सार नाका हुँदै निर्यात गरिएको तथ्याकंले देखाउछ । वीरगञ्ज आईसिपीबाट इन्धन, औद्योगिक कच्चा पदार्थ, कपडा र सवारीसाधनको आयातमा वृद्धि भएको छ भने निर्याततर्फ प्रशोधित खाने तेल, डाबरको जुस, कपडा, धागो, पिना, जुत्ता, दन्तमञ्जन, गलैँचा, कार्पेट, छालालगायत वस्तु निर्यात भएको छ । बीरगंज नाकाबाट ११ महिनामा छिमेकी मुलुक भारततर्फ ७२ अर्ब मूल्य बराबरको माल बस्तु निर्यात भएको छ भने भारतबाट सो अवधिमा ४ खर्ब ४१ अर्ब रुपैयाँको मालवस्तु आयात भएको छ ।
© 2024