Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बीरगंज आइसिपीबाट आयात बढे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ८,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज आइसिपीबाट आयात बढेको भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७८÷०७९ को ११ महिनामा ७ खर्ब १८ अर्ब बराबरको आयात निर्यात भएको भन्सार कार्यालय विरगंजले जनाएको हो ।
नेपालको सबैभन्दा बढी सामान आयात तथा निर्यात हुने प्रमुख नाकाको रुपमा रहेको आइसिपी भन्सारबाट आयात बढेको हो । आर्थिक वर्षमा वीरगंज नाकाबाट ७७ अर्ब बराबरको नेपाली उत्पादन भारत लगायत तेस्रो मुलुकमा निर्यात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार आयात र निर्यात व्यापारको तुलना गर्दा वीरगंज नाकाबाट मात्रै ५ खर्ब ६५ अर्ब रुपैयाँको व्यापार घाटा भएको जानकारी गराएका छन् ।
गत आर्थिक बर्ष ०७७÷०७८ मा बीरगंज नाकाबाट ४ खर्ब ५६ अर्बको वस्तु आयता गरिएको थियो भने ४४ अर्ब मूल्य बराबरको उत्पादन बीरगंज आईसिपी भन्सार नाका हुँदै निर्यात गरिएको तथ्याकंले देखाउछ । वीरगञ्ज आईसिपीबाट इन्धन, औद्योगिक कच्चा पदार्थ, कपडा र सवारीसाधनको आयातमा वृद्धि भएको छ भने निर्याततर्फ प्रशोधित खाने तेल, डाबरको जुस, कपडा, धागो, पिना, जुत्ता, दन्तमञ्जन, गलैँचा, कार्पेट, छालालगायत वस्तु निर्यात भएको छ । बीरगंज नाकाबाट ११ महिनामा छिमेकी मुलुक भारततर्फ ७२ अर्ब मूल्य बराबरको माल बस्तु निर्यात भएको छ भने भारतबाट सो अवधिमा ४ खर्ब ४१ अर्ब रुपैयाँको मालवस्तु आयात भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०७९ असार ८,बुधबार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०७९ असार ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद