Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल एकेडेमीमा आयोजित वाद-विवाद प्रतियोगिता सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ३,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल एकेडेमीमा आयोजित वाद-विवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी भित्र रहेको रचनात्मक कलाहरूलाई प्रस्फुटन गर्ने उद्देश्यका साथ क्याम्पस प्राङ्गणमा आयोजित “वैज्ञानिक शिक्षा भन्दा नैतिक शिक्षा बेस” विषयक वाद-विवाद प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो ।

प्रतियोगितामा क्याम्पसमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । प्रत्येक शुक्रवार गरिने अतिरिक्त पाठ्यक्रम गतिविधिअन्तर्गत आयोजित प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत छात्रा विनीता साह प्रथम भइन् । त्यस्तै क्याम्पसमा सञ्चालित बिबिएस पहिलो वर्षमा अध्ययनरत छात्रा अञ्जलि चौधरी दोस्रो र कक्षा १२ मा अध्ययनरत ज्यास्मिन खातुन तेस्रो भइन् ।

वाद-विवाद प्रतियोगिताको निर्णायक मण्डलमा नेशनल एकेडेमी क्याम्पसका नेपाली प्राध्यापक बलराम श्रेष्ठ, उज्ज्वल अर्याल तथा अङ्ग्रेजी विषयमा प्राध्यापक नीरज सिंह रहेका थिए ।

कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्राध्यापक तथा नेशनल एकेडेमी क्याम्पसका संस्थापक प्राध्यापक इन्दु शेखर मिश्र, क्याम्पसका निर्देशक तथा एचआर दिलीप प्रजापति, डाइरेक्टर तथा फाइनान्स हेड गुड्डु रौनियार लगायतले विजय हुने विद्यार्थीलाई मेडल, ट्रफीलगायतले सम्मानित गरेका थिए । कार्यक्रम सञ्चालन कक्षा १२ मा अध्ययनरत नेहा कुशवाहाले गरेकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० चैत्र ३,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० चैत्र ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद