Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

४८ औं साधारसभा वीरगञ्ज उद्योग वाणिज्य संघको सम्पन्न ( फोटो सहित )

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ फागुन,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औं साधारसभा आज सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उदघाटन गर्नुभएको थियो ।

उदघाटनसत्रमा बोल्दै अध्यक्ष ढकालले निजीक्षेत्रको सुझाव नमान्दा देशमा आर्थिक संकटको सृजना भएको बताउनुभयो । निजीक्षेत्रले दिएको सुझाव निजीक्षेत्रको लागि मात्रै हो भन्ने सरकारको बुझाई गलत रहेको र अहिले आएर सरकारले त्यसलाई महशुल गरेको बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य डा।सुवोध गुप्ता, मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघले ४८ औं साधारणसभामा विभिन्न व्यापारिक प्रतिष्ठान सहित व्यक्तिहरुलाई पनि सम्मान गरेको छ ।

संघले चालू आर्थिक बर्षमा भारतर्फ सबैभन्दा बढी निर्यात गर्ने निर्यातकर्ता डाबर नेपाल प्रालि, जगदम्बा स्टील लिमिटेड र हुलास स्टील इण्डष्ट्रिज लिमिटेडलाई सम्मान गरेको छ । त्यस्तै तेश्रो मुलुकमा सबैभन्दा बढी निर्यात गर्ने त्रिवेणी स्पिनिङ मिल्स प्रालि, नारायणी लेदर म्यानुफ्याक्चरिङ इण्डष्ट्रिज र जगदम्बा स्टील इण्डष्ट्रिजलाई सम्मान गरेको छ ।

त्यसैगरी सञ्चारक्षेत्र तर्फ नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का र सगरमाथा टेलिभिजनका प्रणय कुमार, मिराकल स्कुलकी अमृता साह, क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेख, संघका कर्मचारी विजय चौरसिया लगायतलाई सम्मान गरेको छ । कार्यक्रमको सञ्चाल संघका महासचिव आशिष लाठले गर्नुभएको थियो । धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष हरि गौतमले गर्नुभएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० फाल्गुन २८,सोमबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० फाल्गुन २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद