Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लामखुट्टे नियन्त्रणका लागि फागुन २४ गतेदेखि सबै वडामा स्प्रे गर्ने वीरगञ्ज महानगरको तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि स्प्रे छर्ने कार्य सुरु गर्ने तयारी गरेको छ । गर्मी सुरु भएसँगै लामखुट्टे बढेको हुँदा महानगरपालिकाले यही फागुन २४ गते बिहीवारदेखि महानगरका सबै वडामा स्प्रे छर्न लागेको हो ।

लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि स्प्रे कार्यक्रम हुन लागेको सरफाई व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले बताए । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार लामखुट्टेको लार्भा मार्नका लागि बिहानको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताए ।

सरसफाई शाखा प्रमुख मियाँका अनुसार औषधी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे यही फागुन २४ गते वीरगञ्ज महानगरका वडा नम्बर १, २, ३ र ४ मा छरिनेछ ।

२५ गते ५,६,७ र ८ मा, २६ गते ९,१०,११ र १२ मा, २७ गते १३,१४,१५ र १६ मा स्प्रे गर्ने तालिका रहेको छ । यस्तै २८ गते १७,१९,२५ र २६ मा, २९ गते १८,२०,२२ र २७ मा, ३० गते २१,२३,२४ र ३० मा र चैत १ गते २८,२९,३१ र ३२ मा स्प्रे गरिनेछ ।

चैत २ गतेदेखि पुनः दोस्रो राउण्डको स्प्रे सुरु गरिने पनि मियाँले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद