Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सशस्त्र प्रहरी पर्सालाई स्वास्थ्यमा विशेष छुट दिन प्रभु हस्पिटल र एभरेस्ट दन्त सेवा केन्द्रसँग सम्झौता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले प्रभु हस्पिटल र एभरेस्ट दन्त सेवा केन्द्र बीच द्विपक्षिय सम्झौता गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. र सशस्त्र प्रहरी बल पर्साबीच स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता भएको हो ।

राष्ट्रसेवक बहालवाला सशस्त्र प्रहरी कर्मचारी, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी र निजहरुका आश्रीत परिवारजन तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारलाई विभिन्न उपचार सेवामा १५ देखि २० प्रतिशत सम्मको छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौता पत्रमा सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य र प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ताले हस्ताक्षर गरेका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, अस्पतालकी सञ्चालिका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा लगायतको उपस्थितीमा द्विपक्षिय सम्झौता भएको अस्पतालका प्रशासन प्रमुख दिलिपराज कार्कीले जानकारी दिए ।

त्यसैगरि सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ लिङ्क रोड स्थित एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि. बीच मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी राष्ट्रसेवक कर्मचारीहरुलाई ओपिडी लगाएत फार्मेसीमा ३५ प्रतिसत सम्म छुट सुबिधा उपलब्ध गराउने सम्झौता भएको छ । यात्रा डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद