वीरगञ्ज । वीरगञ्जको घण्टाघरमा आयोजित रक्तदानबाट ५५ पोका रगत संकलन भएको छ । समाज परिवर्तन नेपाल संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिलासहित ५५ जनाले रक्तदान गरेका हुन् ।
संस्थाका अध्यक्ष अकलेस साहको अध्यक्षतामा भएको कार्यक्रमको उद्धघाटन नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जाराले गरेका थिए । रक्तदान गर्नेहरुमा रिमि कर्ण, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, अवधकिसोर यादव, अरुण कमार साह लगायतका रहेका छन् ।
रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेपछि सोही विषयलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष साहले जनाए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा , सचीव राहुल साह , कोषाध्यक्ष रोशन सराफ , सहसचिव धर्मेन्द्र पटेल ,राजन साह ,संदिप महतो ,भगवान पटेल लगायतले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।



