वीरगञ्ज । पर्साकाे जगरनाथपुर गाउँपालिका – ६ औंराहास्थित युवाहरुलाई लक्षित गरेर एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन सीप विकास तालिम सुरु भएकाे छ ।
गाउँपालिका कार्यालयकाे समन्वयमा लघु घरेलु तथा साना उद्याेग प्रवर्धन केन्द्रले सञ्चालन गरेकाे तालिमको बुधबार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरे।
तालिमकाे उद्घाटन गर्दै अध्यक्ष यादवले सिप सिकेर आफ्नै गाउँठाँउमा राेजगार गर्न याे तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
तालिममा २० जनाकाे सहभागिता रहेकाे प्रशिक्षक विष्णु प्रसाद कलवार र सहायक प्रशिक्षक अर्जुन पटेलले प्रशिक्षण दिइरहेका छन् ।
तालिमकाे उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष प्रसाद यादव, समाजिक विकास शाखाका आर्यन यादव, पप्पु यादव लगायतकाेपनि उपस्थिती रहेकाे थियाे ।



