वीरगञ्ज । बाराबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका वडा नं. १ गढीमाई मन्दिरस्थितबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीलाई आएको विशेष सूचनाको आधारमा प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी नायब निरिक्षकको टोलीले लागुऔषध सहित एकजनालार्य पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका वडा नं. ७ सनफुलुवा बस्ने ४१ वर्षीय उमेश कुमार यादव रहेका प्रहरी बताउँछ ।
बरियारपुरबाट सिमरातर्फ जादैँ गरेको बा ९४ प ६११४ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट ब्राउन सुगर एकसय २ ग्राम फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।
मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको प्रहरीले जनायो ।



