Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सशस्त्र प्रहरी पर्साले पनि मनायो २३ औं स्थापना दिवस

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ ९,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले २३औँ स्थापना दिवस मनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साको आफ्नै सभाहलमा २३औँ स्थापना दिवस मनाइएको हो । जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यतामा‌ बार्षिकाेत्सव कार्यक्रमको‌ आयोजान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका महिला र पुरुष सशस्त्र प्रहरी जवानहरूले नृत्य प्रस्तुत गरेका थिए, भने पुरुष‌ सशस्त्र प्रहरी जवानले गीत गाएका‌ थिए।

उक्त बार्षिकाेत्सव कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको व्यास क्याम्प स्थापना गर्नको‌ ठोरी गाउँपालिका निवासी मिनबहादुर गुरुङले ५ कठ्ठा जग्गा दिएको उपलक्ष्यमा उनलाई कदर गर्दै दोसल्ला ओढाएर सशस्त्र प्रहरी बल नेपाल नं१३ गण पर्साका प्रमुख प्रहरी उपरिक्षक किसन कर्मचार्यले सम्मान गरेका थिए ।

त्यसतै सशस्त्र प्रहरी बल नेपालको २३औँ बार्षिकाेत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविरमा वीरगञ्जस्थित प्रभु हस्पिटलका मैनेजिङ डाइरेक्टर दिलिप राज कार्की, बरिष्ठ प्रसुती रोग बिशेषज्ञ तथा हस्पिटलकी सञ्चालिका लक्ष्मी थापा, डा. मनोज गुप्तालाइ प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाले सम्मान पत्र प्रदान गरे । त्यस्तै निःशुल्क स्वास्थ्य शिविरमा प्रभु हस्पिटलको तर्फबाट सहयोग गरेका अर्थोपेडिक डा.अरबिन्द साह, फिजिसियन डा.शिव कुमार झा, डेन्टल डा.जयोति गुप्तालाइ सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका प्रमुख प्रहरी उपरिक्षक किसन कर्मचार्यले सम्मान पत्र दिए ।

सम्मान पत्र बितरण गर्दै बार्षिकाेत्सव कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले प्रहरी बीचको सम्बन्धलाई जोडदै अगडि बढन आग्रह गरे । साथै उनले सहिद सशस्त्र प्रहरीको अधिकारी तथा सहिद भएकोप्रति श्रद्धाञ्जली व्यक्त गरे । असक्त आपाङग भएका सशस्त्र प्रहरीका अधिकारी तथा जवानहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गरे ।

त्यसतै सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका प्रमुख प्रहरी उपरिक्षक किसन कर्मचार्यले स्थापना कालदेखि नै सशस्त्र प्रहरी बल नेपालले सेवा गर्दै आइरहेको बताए । उनले सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायहरुसँग समन्वय गरि शान्ति सुरक्षा दिंदै आएको बताए । विपतको क्षेत्रमा सधैं काम गर्दै आएको बताउदै उनले भने, ‘सुरक्षाको कारण‌मा हामL नेपाल प्रहरी, नेपाली सेनासँग समन्वय गरि कार्य गर्दै आएका छाैं।’

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साको २३ औ बार्षिकाेत्सव कार्यक्रममा जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, बिशिष्ट अतिथी वीरगञ्ज भन्सार कार्यालयका प्रमुख लिलाराम पन्थी, अतिथी वरिष्ठ सञ्चारकर्मी तथा विज्ञ सञ्चारकर्मी, अवकाश प्राप्त बिशिष्ट प्रहरी, जिल्ला प्रसासन कार्यालय पर्साका सहायक प्रजिअ, कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख केपी राम उप्रेती, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कोमल शाह, सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका प्रमुख प्रहरी उपरिक्षक किसन कर्मचार्य, राष्ट्रिय अनुसन्धान विभागका पर्साका उपअनुसन्धान निर्देशक हेमन्त चौधरी, वीरगञ्ज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल उद्याेग वाणिज्य संघका केन्द्रीय सदस्य डा.सुबोध गुप्तालगायतकाे उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० माघ ९,मंगलवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० माघ ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद