Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं बार्षिकोत्सबमा रक्तदान र स्वास्थ्य शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ ६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालय वीरगन्जले रक्तदान र स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

वीरगञ्जको आदर्शनगर स्थित प्रादेशिक कार्यालय परिसरमा आयोजना गरेको रक्तदानमा ५ जना महिला सहित ४६ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक मधेस प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख कमलेश ठाकुर र। उपप्रमुख सन्ध्या सिंहको उपस्थितिमा भएको कार्यक्रममा एकै दिन रक्तदान, स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शुक्रबार नै सम्पन्न स्वास्थ्य शिविरमा महिलाहरुको लागि प्रजनन स्वास्थ्य परीक्षण गरिनुका साथै दन्त परीक्षण शिविर पनि सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर एलिसा दास, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नविन कुमार सिंह, फिजिसियन डा.रविरञ्जन साहले स्वास्थ्य परीक्षण गरेका थिए ।

त्यस्तै किरण आँखा अस्पतालको सहयोगमा आँखा शिविर र साहारा डेण्टल क्लिनिकको सहयोगमा आयोजित दाँत परीक्षण शिविरमा एकसय जनाको आँखा र दाँत परीक्षण गरिएको बैंकका आलोक कर्णले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० माघ ६,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० माघ ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद