Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सूर्य अस्पतालमा आइभीएफ ( IVF ) प्रविधिबाट उपचार गराएकी महिलाले जन्माइन तिम्ल्याहा बच्चा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित सूर्य अस्पतालमा उपचार गराएकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले आइभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) प्रविधि’बाट उपचार गरेकी महिलाले माघ १ गते अर्थात् हिजो माघे सङ्क्रान्तिका दिन तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

विगत १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले डा. मोनिकाले गरेको आइभीएफ उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डा. सरोज सिंहले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिए ।

तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डा. सरोजले बताए । तिनै शिशु स्वस्थ रहे पनि थप सावधानीका लागि उनीहरूलाई अस्पतालस्थित एनआइसीयू वार्डमा बाल रोग विशेष डा. कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको डा. सरोजले बताए ।

‘एउटा शिशु अढाई किलो र अर्का दुई जना डेढ-डेढ किलोका छन् । उनीहरूलाई हामीले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिरहेका छौँ,’ डा. सरोजले भने, ‘आमाको स्वास्थ्य पनि राम्रो छ । शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ ।’

मधेस प्रदेशमा एक मात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्य अस्पतालमा यसअघि पनि आइभीएफ विधिबाट उपचार गराएका दम्पतीहरूले सन्तान प्राप्ति गरेका छन् । पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म पनि ३५ वटाभन्दा पनि बढी दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले दाबी गरे ।

भारतमा विशेष तालिम लिएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले अस्पतालमा आइभीएफ विधिबाट उपचार गर्ने गरेकी छन् । आइभीएफका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू अस्पतालमै उपलब्ध रहेका छन् भने उपचारका लागि छुट्टै विशेषज्ञ चिकित्सकहरूको टोली समेत रहेको छ । त्यस्तै आइभीएफ उपचार गर्नका निमित्त अस्पतालले नेपाल सरकारले सम्पूर्ण मापदण्ड समेत पूरा गरेको छ । हालसम्म मधेस प्रदेश मात्र नभएर अन्य प्रदेश र छिमेकी मुलुक भारतबाट समेत सेवाग्राहीहरूले आइभीएफ प्रविधिबाट उपचार गराएर सन्तान प्राप्ति गरेको डा. मोनिकाले बताइन ।

उनले भनिन्, ‘वीरगञ्जमै आइभीएफ सेवा उपलब्ध भएपछि यहाँका स्थानीयहरूलाई मात्र नभएर आसपासका जिल्ला र छिमेकी मुलुक भारतबाट आउने सेवाग्राहीहरूलाई पनि सहज भएको छ । तुलनात्मक रूपमा देशमा उपलब्ध रहेका अन्य आइभीएफ सेन्टरहरू भन्दा सस्तो दरमा उपचार हुँदा पनि सेवाग्राही हाम्रो अस्पतालमा सेवा लिन आउने गरेका छन् ।’

डा. मोनिकाले आइभीएफ विधिबाट जन्मिएको शिशु सामान्य अवस्थामा जन्मिने शिशु जस्तै स्वस्थ हुने बताइन । महिलाको स्वास्थ्यमा पनि आइभीएफ विधिले कुनै असर नपार्ने उने स्पष्ट पारिन । ‘आइभीएफ सम्बन्धी धेरै भ्रमहरू पनि छन् । जसलाई चिर्न आवश्यक छ । सामाजिक सञ्जाल र इन्टरनेटमा भनिए जस्तो आइभीएफ एकदमै जटिल र झन्झटिलो प्रक्रिया पनि होइन,’ उनले थपिन, ‘अन्य उपचार विधि जस्तै हो । निसन्तान दम्पतीका लागि आइभीएफ जस्तो सफल उपचार विधि अरू कुनै पनि छैन ।’

अस्पतालमा आइभीएफ विधिबाट उपचार गराएको झन्डै प्रत्येक दम्पतीले सन्तान प्राप्ति गरेको डा. मोनिकाले दाबी गरिन । ‘अहिले हाम्रो सफलता दर पनि झन्डै १०० प्रतिशत पुगेको छ । यसलाई थप प्रभावकारी, परिष्कृत र सस्तो बनाउँदै जाने हामी प्रतिबद्ध छौँ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८० माघ २,मंगलवार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८० माघ २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद