Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पूर्व राजा ज्ञानेन्द्र माघ १३ गते वीरगञ्ज आउने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २६,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पूर्व राजा ज्ञानेन्द्र साह माघ १३ गते वीरगञ्ज आउने भएका छन् । श्री महराजधिराज ज्ञानेन्द्र बीर बिक्रम साहदेवकाे स्वागत तथा नागरिक अभिनन्दन मूल समाराेह समितिले बिहिबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि पूर्व राजा ज्ञानेन्द्रकाे पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा हुने भ्रमणकाे बारेमा जानकारी गराएकाे हाे ।

पूर्व राजा साहकाे भ्रमणकाे क्रममा पर्सा, बारा, राैतहट र सर्लाहीमा धार्मीक तथा नागरीक अभिनन्दन पनि गरिने समितिका महासचिव हिरा बहादुर चन्दले जानकारी दिए । उनका अनुसार पूर्व राजा साह माघ १३ गते दिउसाे सिमरा हुँदै वीरगंजस्थित लाल बंगला आउने छन् । त्यँही उनलाई नागरिक अभिन्नदन गर्ने कार्यक्रम पनि रहेकाे छ ।

त्यस अघि पूर्व राजा साहकाे माघ ४ गते बाराकाे महागढीमाई पुजा अर्चना गर्ने कार्यक्रम रहेकाे छ भने त्यसअघि पनि माघ २ गते राैतहटकाे शिवनगरस्थित शिवमन्दिर र त्यसअघि सर्लाहीकाे बरहथवा मुक्तेश्वर महादेवकाे पुजा अर्चना गर्ने कार्यक्रम रहेकाे महासचिव चन्दले वताए ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष, नेपाली काँग्रेसका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीले २०७२ को संविधान अवैध रहेकाले त्यसको विस्थापन गरी राजा र राजनीतिक दलले निर्माण गरेको संविधान २०४७ लाई पुनरस्थापित गर्न अहिंसक आन्दोलनको विकल्प नरहेको बताए ।

नागरिक अभिनन्दन समारोह सफल बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रिय सरोकार मन्च, राष्ट्रिय शक्ति नेपाल, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, शिव सेना नेपाल, बीर गोर्खाली अभियान, राष्ट्रवादी शान्ति समुह, मुस्कान सेना नेपाल, राजभक्त राष्ट्रवादी समुह, विश्व हिन्दु महासंघ, राष्ट्रवादी नागरिक समाज, राजसंस्था पुर्नस्थापना संघर्ष समिति, विश्व हिन्दु परिषद, रा प्र पा नेपाल, नेपाल जनतापार्टी, बजरंगदल तथा २०४७ को संविधान हाम्रो अभियान सहितका राजनीतिक दल तथा संघ/संस्थाहरुका प्रतिनिधिहरु समितिका संयोजक तथा सदस्यहरु रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० पुष २६,बिहीबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० पुष २६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद