वीरगंज महानगरद्वारा सानो पाइला बचत तथा ऋण सहकारी संस्था वीरगंज कार्यालयमा शिलबन्दी
वीरगंज । वीरगंज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्था वीरगंज कार्यालयमा बिहीवार शिलबन्दी गरेको छ ।
वीरगञ्ज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष जय प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बीर्ताको प्रतिनिधि प्रहरी सहायक निरीक्षक राम इश्वर महतो को रोहवरमा सानो पाइला सहकारीमा शिलबन्दी गरिएको बताए ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्था वीरगंजले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरिरहेको ले कार्बाहीको प्रकृया अगाडी बढाएको र सोही क्रममा आज शिलबन्दी गरी थप निरन्तरता दिएको वीरगंज महानगरपालिका का प्रमुख राजेशमान सिंहले जानकारी दिनु भएको छ ।



