Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज महानगरको १४ औँ अधिवेशन : चालु आ.ब.को बजेट २५ करोड बढ्यो  

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २५,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२५पुष । वीरगञ्ज महानगरपालिकाको नगरसभाको १४ औँ अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक बजेटमा २५ करोड रुपैयाँ थप गर्नुका साथै विभिन्न योजना तथा कार्यक्रमहरु परिमार्जनपनि गरेको छ ।

बुधबारदेखि सुरु १४ औं अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आर्थिक वर्षको बजेट थप गरेको हो ।

अधिवेशनले विनियोजन ऐन २०८० मा समावेश भएको चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट ३ अर्ब २१ करोडमा २५ करोडबाट बढाएर ३ अर्ब ४६ करोड पु¥याएको हो।अधिवेशनले खानेपानीका लागि महानगरबासीको ४ हजार घरधुरीमा धारा जडान गर्न ८० लाख रुपैयाँ थप छुट्याएको नगरभामा मेयर राजेशमान सिंहले बताए। भारतीय दूतावाससँगको सहकार्यमा महानगरका ४ हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्याइएको महानगरका मेयर सिंहले बताए । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरि धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम विनियोजन गरेको उनले बताए ।

यस्तै बुधबारदेखि सुरु नगरसभामा मेयर सिंहले विभिन्न विधेयकहरु पनि पेश गरे ।वीरगन्ज महानगर सभाको कार्य संचालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्बद्र्धन विधेयक, संघसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक सभामा पेश गरिएको हो ।

साथै वस्ति विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयकपनि पेश भएको छ ।

आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेश गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।बुधबारदेखि सुरु नगरसभामा उपमेयर इम्तियाज आलम,तथा नगरसभा सदस्यहरुको सहभागिता रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० पुष २५,बुधबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० पुष २५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद