जोतीलाल पंडित
वीरगञ्ज ,२४ पुष । नेशनल यूनियन अफ जर्नालिस्ट ( इंडिया ) भारतका राष्ट्रिय अध्यक्ष रास बिहारीलाई वीरगञ्जमा स्वागत तथा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभा कक्षमा एक कार्यक्रमका बीच उनलाई स्वागत तथा सम्मान गरिएकाे हाे ।
नेपाल भ्रमणमा आएका उनलाई नेपाल पत्रकार महासंघ, पर्साले मंगलबार स्वागतसहित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष बिहारीले नेपाल भारतको सिमावर्ती क्षेत्रका साझा विषयमा दुबै देशका पत्रकारहरूलाई सहभागी गराई समीट गरि समस्याको पहिचान र समाधानको उपाय खोज्ने बिषयमा छलफल गर्नका लागि उनलाई वीरगञ्ज आमन्त्रित गरिएकाे थियो । छलफलका क्रममा सीमावर्ती क्षेत्रका साझा समस्यालाई दुवै देशका पत्रकारले निरन्तर नीति निर्मातालाई खबरदारी गरिरहनुपर्नेमा उनले जाेड दिए ।
उनले नेपालका धार्मिक स्थलहरू पशुपतिनाथ, मनकामना, जानकी मन्दिरलगायत भ्रमणमा आएको र सोही क्रममा पर्सेली पत्रकारहरूसँग भेट गर्न पाउँदा खुशी भएको बताए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले अध्यक्ष रास बिहारीलाई राष्ट्रिय झन्डा दिएर नेपाली टोपी तथा खाँदा लगाई वीरगञ्जमा स्वागत गर्नुका साथै यहाँबाट बिदाई गरेका थिए ।
सो अवसरममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास, महासंघ पर्साका पदाधिकारी सदस्य, ब्रोडकाष्टिंग एसोसिएशन अफ नेपाल(वान) मधेश प्रदेशका अध्यक्ष आंशिक अंसारी, एन्युज बिहार प्रदेश संयोजक रंजीत तिवारी, रक्सौल अनुमण्डल ईकाई अध्यक्ष बिपिन कुशवाहा लगायत पर्साका संचारकर्मीहरूको सहभागीता रहेको थियो ।




